हङकङमा नयाँ कानुन : अब राष्ट्रवादीले मात्रै चुनाव लड्न पाउने !

 कोरखबर   १७ चैत, २०७७



चैत १७, काठमाण्डौ । चीनले हङकङको चुनावी प्रणालीलाई नियन्त्रण गर्न ल्याएको कानुन पारित गरेको छ । नयाँ कानुनमा हङकङमा राष्ट्रवादीहरू मात्रै चुनाव लड्न पाउने व्यवस्था छ । यसका लागि मुख्य भूमि चीनसँग आफ्नो बफादारिता पुष्टि गरेपछि मात्रै हङकङमा सांसदसहितका पदमा चुनाव लड्न पाइने व्यवस्था रहेको बीबीसीले जनाएको छ ।

गएको मार्चमा नेशनल पिपुल्स कंग्रेस (एनपीसी) को बैठकका क्रममा संसद्ले यसलाई पारित गरेको थियो । मङ्गलवार (आज) एनपीसी स्थायी कमिटीले पारित गरेको हो । नयाँ कानुनले संसदमा प्रत्यक्ष निर्वाचित सिटहरूको सङ्ख्या झण्डै आधा घटाएको छ ।

चीनले पारित गरेको नयाँ कानुनले हङकङमाथिको चिनियाँ नियन्त्रण थप बलियो बन्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । नयाँ कानुनले प्रजातन्त्रको अन्त्य हुने भन्दै विपक्षीले आलोचना गरेका बीबीसीले जनाएको छ ।

चीनले यसअघि हङकङमा कडा सुरक्षा कानुन लागू गरिसकेको छ । यस कानुनलाई लिएर हङकङमा ठूलो मात्रामा प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा हजारौँ नागरिकलाई हिरासतमा लिइएको थियो ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post