फागुन ६ , एजेन्सी । पूर्वी चीनको सानडोङ प्रान्तको सुनखानीमा आगालागी भएको छ । आगालागीमा परि छ जनाको मृत्यु भएको छ भने चार जनाको उद्दार गरिएको छ । उद्धार गरिएका चार जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।
बुधबार जाइउन शहरको काइजिवान सुन खानी मर्मतको क्रममा आगलागी भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीले जनाएको छ ।
दश जना कामदारहरु खानीमा फसेका थिए । एक महिनाभन्दा कम अवधिमा सनडोङ सुनखानीमा भएको आगलागीको यो दोस्रो ठूलो घटना हो ।
जनवरीमा हुसानखानीमा भएको बिस्फोटमा परि दश जनाको मृत्यु भएको थियो भने ११ जना कामदारको दुई साता पछि खानीबाट उद्दार गरिएको थियो ।