माघ २०,काठमाडौं । चीनमा कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा तीन सहरका ८० जनालाई गिरफ्तार गरिएको छ।
प्रहरीले जियाङ्सु, बेइजिङ र सानडोङबाट ३ हजार नक्कली खोप बरामद पनि गरेको छ।
न्युज एजेन्सी सिन्ह्वाका अनुसार प्रहरीले गत सेप्टेम्बरमा खोप भन्दै धेरै मूल्यमा पानी बेच्ने गिरोह पत्ता लगाएको थियो।
चीनमा सिनोभ्याक र सिनाफार्म कम्पनीले खोप लगाइरहेका छन्। दुवै कम्पनीले टर्कीसहित विभिन्न देशमा खोप निर्यात पनि गरिरहेका छन्।