काँग्रेस पदाधिकारीहरुको बैठक आज, कस्तो आउला निश्कर्ष ?

 कोरखबर   १३ फागुन, २०७७



१३ फाल्गुन, काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने सो पार्टीले जनाएको छ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीतिलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

हिजो मात्र नेकपा प्रचण्ड-माधव समूहले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो । यसका लागि अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बुढानिलकण्ठमा छलफलका लागि हिज जानुभएको थियो ।

प्रतिनिधि सभा विघटनलाई असंबैधानिक भन्दै आएको काँग्रेसले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरिसकेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post