झाँक्री पक्राउ परेपछि गगन थापाले भने : सरकार झ्यालखानाको संख्या अझै थप !

 कोरखबर   २९ माघ, २०७७



माघ २९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउपछि चौतर्फी विरोध सुरु भएको छ ।

कांग्रेस नेता गगनकुमार थापाले झाँक्रीको पक्राउप्रति विरोध जनाउँदै राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारप्रति प्रश्न उठाएका छन् ।

थापाले झाँक्री पक्राउ परे लगत्तै  सामाजिक संजालमा लेखेका छन्,– ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा, अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post