प्रदेश सरकारमा जाने देउवाको प्रस्ताव नेताहरुद्वारा अस्वीकार !

 कोरखबर   ९ माघ, २०७७



माघ ९, काठमान्डौ । प्रदेश–१ र बागमती प्रदेश सरकारमा सहभागी हुन कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेताहरुसँग छलफल गरेका छन्। देउवाले शुक्रबार बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा कांग्रेसका नेताहरुसँग छलफल गरेका हुन्।

छलफलमा देउवाले कांग्रेसका नेता समक्ष प्रदेश सरकारमा सहभागी हुनेबारे ओलीले ल्‍याएको प्रस्ताव राखेका थिए। तर जवाफमा कांग्रेसका केन्द्रीय सदस्यहरुले उक्त प्रस्तावमा असहमति जनाएका छन्।

उनीहरुले केन्द्रीय र प्रदेश सरकारमा कांग्रेसको एउटै नीति हुनु पर्ने भन्‍दै उक्त प्रस्तावमा सहमत हुन नसक्‍ने बताएको स्रोतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा दुई धारमा विभाजित भएको छ जसले प्रदेश १ र बागमती प्रदेशका मुख्‍यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post