घरघरबाट प्रदर्शनमा सहभागी हुन देउवाको अपील !

 कोरखबर   २ फागुन, २०७७



२ फागुन,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार हुने प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शनमा घरघरबाट सहभागिता भएर प्रभावकारी रुपले सफल बनाउन अपील गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा आइतबार विज्ञप्तिमार्फत् भातृ संस्था र शुभेच्छुक सबैलाई यस्तो अपील गरेका हुन् ।

विज्ञप्तिमार्फत ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागिएको जनाइएको छ। ‘भोलिको प्रदर्शनमा सबैलाई घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा अपिल गर्दछु,’ देउवाले विज्ञप्तिमा भनेका छन्।

प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसविद्ध आगामी माघ ८, १९ र २४ गते पनि प्रदर्शनमा सहभागीता जनाउन सभापति देउवाले अपील गरेका छन् । सभापति देउवा सोमबार बुटवलमा हुने प्रदर्शनमा सहभागी हुने जनाइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post