राजनीति

६ किलो चरेस र ब्राउनसुगरसहित ६ जिल्लाबाट १३ जना पक्राउ

प्रहरीले देशका ६ जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ।

आइतबार दिउँसोदेखि रातिसम्म भएका छुट्टाछुट्टै कारबाहीमा चरेस, ब्राउनसुगर र खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा नगदसहित उनीहरू पक्राउ परेका हुन्।

सबैभन्दा ठुलो परिमाणमा मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो देखिने पदार्थ बरामद भएको छ।

विज्ञापन

इलाका प्रहरी कार्यालय चित्लाङसमेतको टोलीले गए राति गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-०३५ च ४५६१ नम्बरको जिप जाँच गर्दा उक्त पदार्थ फेला परेको हो।

प्रहरीले जिप चालक काभ्रेको बनेपा नगरपालिका-८ तीनदोबाटो बस्ने धुलिखेल नगरपालिका-३ सञ्जिवनी चोक घर भएका ३३ वर्षीय हेविन श्रेष्ठ र जिपमा सवार चितवनको भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने सोही महानगरपालिका-११ कोल्टाँडी घर भएकी २१ वर्षीया दिव्याश्री काफ्लेलाई पक्राउ गरेको छ।

यसैगरी इलामको इलाम नगरपालिका-९ बाट ब्राउनसुगरजस्तो देखिने ६ ग्राम ३०० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय इलामसमेतबाट खटिएको प्रहरीले झापाबाट इलामतर्फ आउँदै गरेको मे.९ प २१९० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा आइतबार बेलुकी सोही नगरपालिका-८ का २४ वर्षीय रविन लिम्बुसमेत २ जनालाई पक्राउ गरेको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका-११ बाट खैरो हेरोइनजस्तो देखिने ३ ग्राम ३५० मिलिग्राम पदार्थसहित आइतबार साँझ सोही नगरपालिका-१० का २२ वर्षीय बिरेन्द्र बहादुर ऐर र २५ वर्षीय राम बहादुर चन्द पक्राउ परेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

बर्दियाका दुई स्थानबाट तीन जना पक्राउ परेका छन्। मधुवन नगरपालिका-७ ताराताल शुक्रबस्तीबाट ब्राउनसुगरजस्तो देखिने १ ग्राम ९२० मिलिग्राम पदार्थसहित सोही ठाउँका २० वर्षीय आयुश बाठालाई प्रहरी चौकी तारातालको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो।

यस्तै, बाँसगढी नगरपालिका-६ मोतिपुर गाउँबाट ब्राउनसुगरजस्तो देखिने ७९० मिलिग्राम पदार्थसहित सोही नगरपालिका-६ दमौलीका २८ वर्षीय प्रकाश थारू र २६ वर्षीय प्रताप थारूलाई इलाका प्रहरी कार्यालय मोतिपुरको टोलीले आइतबार साँझ पक्राउ गरेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका-६ बाट ब्राउनसुगरजस्तो देखिने ३८० मिलिग्राम पदार्थ र नगद ११ हजार ७५० रुपैयाँसहित सोही ठाउँका ३२ वर्षीय सुनु विक आइतबार दिउँसो पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

बाँकेको कोहलपुर नगरपालिका-११ नयाँ बसपार्कबाट खैरो हेरोइनजस्तो देखिने १५० मिलिग्राम पदार्थसहित दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ घर भएका ५७ वर्षीय अबिलाल जैसीसमेत ३ जना आइतबार बेलुकी पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जसमेतको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।