राजनीति

१० हजार राज्यले र ३ हजार माओवादीले मा’ रेको तथ्य हो, १७ हजार होइन: दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मान्छे मारेको भन्ने आरोप झुटो भएको दाबी गर्दै त्यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।

बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले द्वन्द्वकालमा मारिएका १७ हजारको भारी माओवादीलाई मात्र बोकाउनेहरू बेइमान र पाखण्डी भएको टिप्पणी गरेका हुन्।

जनयुद्धको प्रमुख नेतृत्वकर्ताको हैसियतले आफूले तथ्यका आधारमा बोलिरहेको उल्लेख गर्दै संयोजक दाहालले द्वन्द्वका क्रममा करिब १३ हजार ७० जनाको मात्र मृत्यु भएको दाबी गरे।

विज्ञापन

‘म १७ हजारको ट्याग लगाउनेहरूलाई चुनौतीका साथ भन्न चाहन्छु, प्रमाणित गरेर देखाऊ,’ दाहालले भने, ‘नेपाली मरेको १३ हजार ७० वरिपरि मात्रै हो। त्यसमा पनि राज्य पक्षले माओवादी भन्दै १० हजारभन्दा बढी नागरिक मारेको हो। माओवादी विद्रोहमा सेना-प्रहरीसहित राज्य पक्षका मारिएका भनेको ३ हजार प्लस मात्रै हो, यो तथ्य हो।’

दाहालले बुद्धिजीवीहरूले झन्डै आठ वर्ष अनुसन्धान गरेर तथ्य र तथ्यांकसहित निकालेको ‘जनयुद्धमा दलित’ नामक पुस्तक अध्ययन गर्न आग्रह गरे।

स्वार्थका लागि इतिहासको तथ्य तोडमोड गरिए पनि सत्य स्थापित भएरै छाड्ने उनको जिकिर थियो। ‘१७ हजारको भारी सिंगै माओवादीलाई लगाउनेहरू अपराधी हुन्,’ उनले भने, ‘तिनीहरूले इतिहासप्रति अपराध गरेका छन्, उनीहरूलाई इतिहासले माफी दिने छैन।’

दक्षिण एसियाका अन्य मुलुकमा ८० हजारदेखि १ लाखसम्म मानिस मारिँदा पनि आन्दोलन शून्यमा झरेको उदाहरण दिँदै दाहालले नेपालमा १० हजारको बलिदानकै बलमा संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको बताए।

यही बलिदानका कारण आज नागरिकले बोल्न, लड्न र मञ्चहरूबाट भाषण गर्ने अधिकार पाएको उनको भनाइ थियो। पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि जनताको तहबाट भएको सबैभन्दा ठूलो क्रान्ति नै जनयुद्ध भएको दाबी गर्दै संयोजक दाहालले साम्राज्यवाद र तिनका दलालहरूले जति अपमान गर्न खोजे पनि इतिहासको यो सत्य कसैले मेटाउन नसक्ने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।