शुक्रबार मनाइने हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठ नारायणस्थानमा भक्तजनको सहज दर्शनका लागि आवश्यक तयारी पूरा भएको छ।
बूढानीलकण्ठ नारायणस्थान मन्दिरका मठाधीश एवं संरक्षक श्री १००८ स्वामी निगमानन्द गिरीजी महाराजले व्यवस्थापकीय तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार लाइनमा बस्न गाह्रो हुने वा नसक्ने भक्तजनले बाहिरैबाट पनि दर्शन गर्न सक्नेछन्।
पाउमै गएर दर्शन गर्न चाहनेहरूका लागि लाइनबाट सकेसम्म छिटो दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए। त्यस्तै, बूढानीलकण्ठ नारायणस्थान गुठी व्यवस्थापन समितिका सल्लाहकार गोपाल कार्कीले भक्तजनको सवारी पार्किङका लागि आवश्यक व्यवस्थापन गरिएको जानकारी दिए।

कात्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइने गरिन्छ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।