सामान्य विवादको क्रममा ढुङ्गाको लोहोरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सिन्धुलीमा एक व्यक्ति पक्राउ परेका छन्।
कमलामाई नगरपालिका-१० डाँडाटोलका ४१ वर्षीय मनोज कार्कीलाई ३९ वर्षीया श्रीमती सानु कुमारी कार्कीको हत्या गरेको अभियोगमा गए राति प्रहरीले पक्राउ गरेको हो।
मनोजले लोहोरो प्रहार गर्दा सानु कुमारीको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।