राजनीति

सांसद मन्त्री विदेश घुमेर देश बन्दैन: पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सांसद, मन्त्रीहरुको विदेश भ्रमणलाई लिएर टिप्पणी गरेका छन् । विदेश घुमेर देश नबन्ने भन्दै सरकारी भ्रमणको औचित्य, उद्देश्य र उपलब्धी सार्वजनिक हुनुपर्ने बताएका छन् ।
उनले विदेशी लगानीकर्तासँग भेटघाट र अन्तर्राष्ट्रिय मञ्चमा लगानीको वातावरणबारे चर्चा भइरहँदा स्वदेशी उद्योगी तथा व्यवसायीका समस्या भने ज्यूँका त्यूँ रहनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् । स्वदेशी उद्योगले भोगिरहेका नीतिगत जटिलता, लगानीको असुरक्षा, प्रशासनिक झन्झट र बजारको समस्यालाई सम्बोधन नगरी विदेशमा गएर लगानीको आह्वान गर्नुको औचित्य नहुने उनको भनाइ छ ।
बस्नेतले विदेश भ्रमणलाई कुटनीतिक सम्बन्ध विस्तार, वैदेशिक लगानी आकर्षित गर्ने, प्रविधि तथा ज्ञान हस्तान्तरण गर्ने र अन्तर्राष्ट्रिय सहयोग जुटाउने अवसरका रुपमा लिनुपर्ने बताएका छन् । भ्रमण केबल औपचारिक भेटघाट, सेमीनार, गोष्ठीमा सीमित हुन नहुने उनको भनाइ छ ।
सांसद तथा मन्त्रीहरुको विदेश भ्रमणबाट कति लगानी भित्रियो, कति रोजगारी सिर्जना भयो, कस्ता सम्झौता भए र ती सम्झौता कार्यान्वयनको अवस्था के छ भन्ने विषय जनतालाई स्पष्ट पार्नुपर्ने उनको जोड छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।