राष्ट्रपति रामचन्द्र पौडेलले चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्यायपरिषद्को सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा आज नियुक्त गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका अनुसार डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो।

डा. बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए भने न्यायाधीश सारु उच्च अदालत पाटन, न्यायाधीश पाण्डे उच्च अदालत पाटन (हेटौँडा इजलास) र डाँगी उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।