समाज

सरकारले सात इन्जिनियरलाई सेवाबाट हटायो

सरकारले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत कार्यरत सात जना इन्जिनियरलाई सेवाबाट हटाएको छ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख)(१) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी उनीहरूलाई सेवाबाट हटाएको हो।

मन्त्रालयले बुधबार प्रकाशित गरेको सूचनाअनुसार २०८३ कात्तिक २० गतेको निर्णयबाट उनीहरूलाई सेवाबाट हटाइएको हो।

विज्ञापन

सेवाबाट हटाइनेमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, राजपत्रांकित तृतीय श्रेणीका इन्जिनियरहरू छन्।

सूचनाअनुसार पुजन न्यौपाने, सृष्टि भुषा, सम्योग श्रेष्ठ, आस्था आचार्य र नरेश थापालाई कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइएको छ।

त्यस्तै, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठलाई बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुरमा सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) मा भएको व्यवस्थाअनुसार उनीहरूमाथि कारबाही गरेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।