अन्तर्राष्ट्रिय

सम्बन्ध चिसिएकै बेला भारत भ्रमणमा जाँदै पाकिस्तानी मन्त्री

पाकिस्तानले आगामी साता भारतको नयाँदिल्लीमा आयोजना हुने क्षेत्रीय कार्यक्रममा सहभागी हुन जलवायु परिवर्तन मन्त्री मुसादिक मसुद मलिकलाई पठाउने भएको छ। पाकिस्तानको विदेश मन्त्रालयले शनिबार यसको पुष्टि गरेको हो।

सन् २०२५ मा भारत र पाकिस्तानबिच चार दिनसम्म सैन्य द्वन्द्व भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार, मुसादिक मलिकले नोभेम्बर २० देखि २२ सम्म नयाँदिल्लीमा आयोजना हुने ‘सांघाई सहयोग संगठन (एससीओ) सभ्यतासम्बन्धी संवाद’मा पाकिस्तानको प्रतिनिधित्व गर्नेछन्।

विज्ञापन

सन् २०२३ मे महिनामा तत्कालीन विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भारतको गोवामा आयोजित एससीओ बैठकमा सहभागिता जनाएका थिए। त्यसयता पाकिस्तानी सङ्घीय मन्त्री भारत जान लागेको यो पहिलोपटक हो।

परमाणु हतियार सम्पन्न भारत र पाकिस्तानबिच लामो समयदेखि अविश्वास रहँदै आएको छ। सन् १९४७ मा स्वतन्त्र भएयता यी दुई देशबिच पटक–पटक युद्ध र सैन्य तनाव उत्पन्न भएका छन्। यसको प्रमुख कारण मुस्लिम बहुल कश्मीर क्षेत्रमाथि दुवै देशले गर्दै आएको दाबी हो।

सन् २०२५ मे महिनामा कश्मीरमा बन्दुकधारीहरूले दुई दर्जनभन्दा बढी पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबिच चार दिनसम्म सैन्य द्वन्द्व भएको थियो। मारिने पर्यटकमध्ये अधिकांश हिन्दु थिए।

भारतले उक्त घटनामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको थियो। तर, पाकिस्तानले भने उक्त आरोप अस्वीकार गरेको थियो।

घटनापछि दुवै देशले एकअर्काविरुद्ध कूटनीतिक कदम चालेका थिए। त्यसपछि तनाव बढ्दै जाँदा दुवै पक्षबिच क्षेप्यास्त्र, ड्रोन र तोपखानामार्फत आक्रमण तथा प्रत्याक्रमण भएको थियो। उक्त द्वन्द्वमा ७० जनाभन्दा बढीको ज्यान गएको थियो।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान सरकार एससीओको ढाँचाभित्र रहेर आपसी सम्मानका आधारमा विभिन्न सभ्यताबिच संवाद प्रवर्द्धन गर्न र जनस्तरको सम्पर्क विस्तार गर्न प्रतिबद्ध छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।