समाज

सञ्चालन नहुँदै भत्कियो सिँचाइ पोखरी

दैलेखमा एक योजना दुई दशकदेखि सम्पन्न हुन सकेको छैन। दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटस्थित भित्रिखोला सिँचाइ कुलो योजनाको काम सुरु भएको २५ वर्षसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ।

भित्रिखोला सिँचाइ कुलो निर्माण सम्पन्न नहुँदा भेरीखोर, सुंगरखाल, बाजथला र तोलिचाखाका आठ सय घरधुरीका आकाशे पानीको भरमा खेती गर्दै आएका छन्। सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जग्गा बाँझो बन्दै गएको छ।

दैलेखस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ३५ लाखमा निर्माण गरीएको पोखरी भत्किएर काम नलाग्ने अवस्थामा पुगेको छ।

विज्ञापन

निर्माण समितिले पोखरी निर्माणमा कमसल सामाग्री प्रयोग गर्नुका साथै निर्माण स्थलमा प्राविधिक नपुग्नुले पोखरी निकै जीर्ण बनेको हो।

स्थानीयको माग बमोजिम सिँचाइ कुलो निर्माण गर्न लागिए पनि निर्माण समिति र खानेपानी, सिँचाई तथा ऊर्जा विकास कार्यालय दैलेखको लापरबाहीका कारण सिँचाइ सपना पूरा हुन नसक्ने भएको हो।

२०५८ सालमा जनश्रमदानबाट सुरु गरिएको उक्त योजनामा २०७७ सालसम्म झन्डै ७० लाख रुपैयाँ खर्च भइसकेको छ। २०७७ सालयता बजेट विनियोजन छाडेको थियो।

उक्त सिँचाइ योजनामा २०८२/८३ मा ३५ लाखमा विनियोजन भएकोमा काम राम्रो नहुँदा भत्किएर काम नलाग्ने अवस्थामा पुगेको छ।

अहिले सिँचाइ योजनाअन्तर्गत खनिएको कुलोको आधाभन्दा बढी भाग पुरिएको छ। पहिला गरिएको काम र पाइप लाइनसमेत पहिरोले बगाएको छ।

योजनाअनुसार झन्डै ६ किलोमिटर टाढाबाट पानी ल्याएर सुंगरखाल, बाजथला र तोलिचाखामा सिँचाइ सुविधा पुर्‍याउने योजनाको लक्ष्य हो।

यो योजनाका बारे भर्खरै मात्र आफूले जानकारी पाएको खानेपानी तथा ऊर्जा विकास कार्यालय दैलेखका प्रमुख टोपेन्द्र सुन्दर मल्लले बताए।

उनले अघिल्लो वर्ष ३५ लाखमा मार्फत पाइन लाइन र पोखरी निर्माण गरेको बताए। उनले यो वर्ष पनि २० लाख रकम मार्फत काम गर्ने तयारी गरेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।