समाज

श्रमदान गरेर सडक मर्मत

म्याग्दीको मालिका गाउँपालिका-५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ।

क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा मङ्गलबार श्रमदान गरी मोटरबाटोमा जमेको माटो, ढुङ्गा तथा झाडी हटाउनाका साथै आवश्यक मर्मतसम्भार गरिएको हो।

बर्खा याममा अवरुद्ध सडक मर्मतमा ढिलाइ हुँदा स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको थियो। सरकारी निकायको मुख ताकेर बस्दा ढिलाइ भएपछि युवाहरूले सडक मर्मतका लागि अगुवाइ गरेका हुन्।

विज्ञापन

अभियानमा ३० युवा सहभागी भएको क्लबका सचिव सुभास पुन मगरले बताए। उनका अनुसार तिहार मनाउन जन्मथलोमा भेला भएकाहरूले सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले सडक मर्मत गर्न श्रमदान गरेका हुन्।

श्रमदान अभियानमा लक्ष्मीकुमार पुन, रेशम घर्ती मगर र रेकबहादुर पुनले ढुवानीका लागि ट्याक्टरको भाडा र खाजाका लागि आर्थिक सहयोग गरेको क्लबले जनाएको छ। खाजामा १० हजार ७९० रुपैयाँ खर्च भएको क्लबले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।