लुम्बिनी विकास कोषी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
उपाध्यक्ष डोल्माको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको भन्दै ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले रिट दायर गरेको हो।
डोल्माको नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रियाबाहिरबाट नियुक्त गरेको भन्दै अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन्।

उनीहरुले डोल्माको नियुक्ति खारेज गर्न माग गरेका छन्। यस रिटको पेशी बुधबारलाई तोकिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।