राजनीति

राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प छैन : उपाध्यक्ष थापा

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प नभएको बताएका छन्।

पार्टीद्वारा काठमाडौंमा आयोजित दुई दिने (मङ्सिर २–३) राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले बताएका हुन्। उनले केन्द्रीय कमिटीद्वारा निर्धारित तथा निर्देशित ‘दुई कार्यभार र पन्ध्र काम’को लक्ष्य हासिल गर्न र त्यसको तयारीमा जुट्नका लागि राष्ट्रिय भेला एउटा अङ्ग भएको बताए।

पार्टीको राष्ट्रिय भेला नयाँ आधारमा नयाँ एकता र नयाँ सङ्कल्पको ठोस अभिव्यक्ति भएको बताउँदै उपाध्यक्ष थापाले भेलाप्रति आफ्नो दृढ ऐक्यबद्धता प्रकट गरे।

विज्ञापन

पार्टीको संसदीय दलका नेतासमेत रहेका थापाले आगामी स्थानीय, प्रदेश, राष्ट्रियसभा निर्वाचनको तयारी गर्दा गत फागुन २१ मा भएको निर्वाचनबारे पार्टीद्वारा गरिएको समीक्षालाई ध्यान दिनु जरुरी रहेको र त्यसको जगमा टेकेर चुनावको सही रणनीति तय गरिने बताए।

उनले केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा पुर्‍याउन पार्टीको पुनर्निर्माण गर्नुपर्ने, राष्ट्रियता तथा लोकतन्त्र फर्काउनका लागि राजनीतिक आन्दोलनको तयारी गर्नुपर्ने, लोकतन्त्रको विजयका लागि आगामी निर्वाचनहरूको पूर्वतयारी गर्नुपर्ने, संविधान रक्षाका लागि कानुनी सङ्घर्ष गर्नुपर्ने तथा जनसम्बन्ध विस्तार तथा सुदृढीकरणका लागि जनतासँग प्रत्यक्ष सत्य संवाद गर्नुपर्ने निर्णय गरेको बताए।

आगामी वर्ष निर्वाचन वर्ष भएकाले पालिका, प्रदेश र राष्ट्रिय सभाका निर्वाचनहरू लोकतान्त्रिक शक्तिहरूका लागि असामान्य परिस्थिति भएको औंल्याउँदै गत फागुनको पुनरावृत्ति हुन्छ वा त्यसमा क्रमभङ्ग हुन्छ भन्ने नै आजको केन्द्रीय प्रश्न भएको उनले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।