राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका शुभसाइतमा लगाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बहिनी शारदा पण्डितले आज बिहान ११ बजेर ७ मिनेटको उत्तम साइतमा उनलाई विधिपूर्वक भाइटीका लगाइदिएकी हुन्।
भाइटीकाका अवसरमा शारदाले राष्ट्रपति पौडेललाई ओखर, बदामलगायत फलफूल र सौगात प्रदान गरेकी थिइन्। राष्ट्रपति पौडेलले पनि बहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिएका थिए। यो जानकारी राष्ट्रपतिको स्वकीय सचिवालयले दिएको हो।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्ष भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ७ मिनेटका लागि निर्धारण गरेको थियो।

यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएर सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा छ।

.jpeg)
.jpeg)



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।