खेलकुद

रसिदको सानदार अर्धशतक: काठमाडौंले दियो चितवनलाई १८१ रनको लक्ष्य

अलराउन्डर रसिद खानको विष्फोटक अर्धशतकप्रेरित काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको डे-नाइट खेलमा चितवनसामु १८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रनको योगफल तयार पारेको हो।

१३ रनमै २ विकेट गुमाएर संकटमा परेको काठमाडौंको इनिङ्स रसिद खानले उकासे। उनले मात्र ३० बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५२ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले।

विज्ञापन

रसिदले विलियम बोसिस्टोसँग तेस्रो विकेटका लागि ६२ रन र सहन अराचिगेसँग चौथो विकेटका लागि ५३ रनको महत्वपूर्ण साझेदारी गरे। अराचिगेले २० बलमा ३ चौका र २ छक्कासहित ३३ रन तथा बोसिस्टोले २२ बलमा २७ रनको योगदान दिए।

अन्त्यतिर कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै मात्र ७ बलमा ३ छक्काको मद्दतले २० रन जोडे। सन्तोष यादवले २ बलमा १ छक्कासहित अविजित ८ रन, मोहम्मद आदिल आलमले ९ रन र जहान्दाद खानले ६ रन बनाउँदा भीम सार्की शून्य रनमा अविजित रहे।

यसअघि स्टार ब्याटर डेभिड वार्नर १ रन र विकेटकिपर साहिल पटेल † ८ रनमै आउट भएका थिए। काठमाडौंले अतिरिक्त १६ रन पाएको थियो।

चितवनका लागि तीव्र गतिका बलर रिजन ढकालले निकै किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए।

यस्तै, कमल ऐरीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट र सिकन्दर राजाले ३ ओभरमा १९ रन दिएर २ विकेट हात पारे। ड्यान मौसलेले १ विकेट लिए भने कुशल मल्लले २ ओभरमा ३९ रन, रञ्जित कुमारले २ ओभरमा १७ रन, मौसम ढकालले २ ओभरमा १७ रन र रवि बोपाराले १ ओभरमा १३ रन खर्चिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।