सर्लाही क्षेत्र नम्बर–४ का संघीय सांसद डा. अमरेशकुमार सिंहले सञ्चालन गर्न लागेको मेची–महाकाली पदयात्राको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गर्ने भएका छन्।
पदयात्राको उद्घाटन आज बिहान ८ बजे जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरबाट हुने कार्यक्रम रहेको सांसद सिंहले जानकारी दिएका छन्।
पदयात्राको उद्घाटन समारोहमा सहभागी हुन सांसद सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा सञ्चारकर्मीहरूलाई समेत सासद सिंहले निमन्त्रणा गरेका छन्।

मेचीदेखि महाकालीसम्म सञ्चालन हुने यस पदयात्रालाई राजनीतिक तथा जनसम्पर्क अभियानका रूपमा समेत हेरिएको छ। पदयात्राको उद्घाटनमा रास्वपा सभापति लामिछानेको उपस्थितिले कार्यक्रमलाई थप राजनीतिक महत्त्व प्रदान गर्ने अपेक्षा गरिएको छ।
सांसद डा. सिंहले सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तक तथा पत्रकार मित्रहरूलाई निर्धारित समयमै जानकी मन्दिरमा उपस्थित भई उद्घाटन समारोहलाई सफल बनाउन आग्रह गरेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।