सुनसरीको लौकहीस्थित बस स्ट्यान्डमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१ का २५ वर्षीय अमर दर्जी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार दिउँसो १२:२० बजे कोशी गाउँपालिका-१ स्थित लौकही पूर्व बस स्ट्यान्डमा प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका दर्जीलाई शंका लागेपछि प्रहरीले शरीर खानतलासी गरेको थियो। सो क्रममा उनले मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरजस्तो देखिने ५.३४ ग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।