राजनीति

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

उनले मधेशका समस्या र आवश्यकतालाई यहाँकै नागरिकले बढी राम्रोसँग बुझ्ने भएकाले स्थानीयस्तरबाटै मुद्दा पहिचान गरी पार्टीको नीति तथा कार्यक्रममा समेट्नुपर्ने बताए।

‘तपाईंले यो भूमिलाई र यहाँभित्र भएका समस्यालाई मध्यनजर गरेर एजेन्डा बनाउनुस्। तपाईंले बनाएको एजेन्डा नै नेपाली कांग्रेसको केन्द्रीय योजना बन्नेछ। हाम्रो योजना र कार्यक्रम आवश्यकतासँग जोडिएको हुनुपर्छ,’ पौडेलले भने, ‘यो ठाउँलाई तपाईंले जति चिन्नुहुन्छ, बाहिरबाट त्यति चिनिँदैन। त्यसैले तपाईंहरूले दिएका दस्तावेज, एजेन्डा र मुद्दालाई हामीले मधेशको मुद्दा बनाउन सक्नुपर्छ।’

विज्ञापन

यसैबीच, कांग्रेस सभापति पक्राउ पर्न सक्ने चर्चाबारे टिप्पणी गर्दै महामन्त्री पौडेलले सरकार विधिको शासनअनुसार नचलेको आरोप लगाए। उनले सरकारले कानुनी प्रक्रियाविपरीत आफूहरूलाई समेत पक्राउ गर्न सक्ने भन्दै सभापतिको पक्राउलाई असम्भव भनेर भन्न नसकिने बताए।

‘सभापतिलाई सरकारले पक्राउ गर्दै छ। म सरकारलाई आग्रह गर्न चाहन्छु, तपाईंहरू विधिको शासन मान्ने मान्छे होइन। तपाईंहरूलाई कसैलाई पक्राउ गर्न कानुन चाहिँदैन। त्यसैले जसले विधिको शासन मान्दैन, त्यसले मेरो सभापतिलाई पनि पक्राउ गर्न सक्छ,’ उनले भने।

उनले सरकारको कार्यशैलीप्रति आफूहरूको विरोध रहे पनि कानुनविपरीत पक्राउ गरिएको पुष्टि भए त्यसलाई नयाँ घटना मान्नुपर्ने अवस्था नरहेको टिप्पणी गरे।

‘म पक्राउ गर्दैन भनेर भन्दिनँ। जसले विधिको शासनभित्र रहेर कानुनी राज्य सञ्चालन गरेकै छैन, त्यसले विधिविपरीत मलाई नै समात्यो, मेरो सभापतिलाई समात्यो भने पनि हामी किन आत्तिनुपर्‍योरु समात्छ, कानुनविपरीत रहेछ भनेर पछि पुष्टि हुन्छ र फेरि छोडिदिन्छ,’ पौडेलले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।