समाज

बाढीपीडितको पहिचान गर्न नेपाललाई अमेरिकाले दियो विशेष प्रविधि, एफबीआई पनि जोडियो

गत भदौमा आएको भीषण बाढीबाट प्रभावित अमेरिकी नागरिक तथा नेपाली समुदायलाई सहयोग गर्ने प्रतिबद्धता अमेरिकाले दोहोर्‍याएको छ।

नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबिच मंगलबार भएको भेटवार्तामा विपद् प्रभावितको खोजी, उद्धार र पहिचानबारे छलफल भएको हो।

भेटमा बोल्डिनले बाढीका कारण बेपत्ता भएका अमेरिकी नागरिक तथा अन्य पीडितको खोजी र पहिचानमा नेपाल प्रहरीले पुर्‍याएको योगदानको प्रशंसा गरिन्। उनले प्रभावित अमेरिकी नागरिक र नेपाली समुदायलाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

विज्ञापन

अमेरिकी दूतावासका अनुसार अमेरिकाले नेपाललाई आपत्कालीन राहत तथा पुनःस्थापनाका लागि तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग उपलब्ध गराएको छ। अमेरिकाले नेपाल प्रहरीलाई विपद् पीडितको पहिचानका लागि एफबीआईको प्राविधिक विशेषज्ञता र १० लाख डलर बराबरको र्‍यापिड डीएनए सामग्रीसमेत उपलब्ध गराएको हो।

भेटवार्तामा विपद् प्रतिकार्य, विपद् पीडितको पहिचान (डीभीआई) तथा यस क्षेत्रमा थप प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको नेपाल प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।