बकैया गाउँपालिका-६ उपचौरमा आइतबार बिहान आगलागी हुँदा एउटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
स्थानीय प्रकाश बलको काठले बनेको र खरले छाएको दुई तले घरमा बिहान करिब ७ बजे अचानक आगलागी भएको हो। घरमा कोही नभएको अवस्थामा बच्चाहरूले आगो खेल्ने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाको प्रयासमा बिहान ८ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जानकारी दिएको छ।

आगलागीमा घरसहित भित्र रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।