समाज

नागढुंगा सुरुङमार्गको चेकपोइन्टमा एक जना पक्राउ

नागढुंगा सुरुङमार्गको चेकपोइन्टमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-१२ का २१ वर्षीय रामबहादुर गिरी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार बिहान करिब ६:४५ बजे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा सुरुङमार्गको चेकपोइन्टमा उनलाई पक्राउ गरिएको हो।

विज्ञापन

मोरङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३-००१ ख ४४०३ नम्बरको बस जाँच गर्ने क्रममा गिरीको साथबाट ९८ ग्राम खैरो हेरोइन जस्तो देखिने प्रतिबन्धित पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले बस जाँच गरेको थियो। सोही क्रममा गिरीले लुकाएर ल्याएको उक्त पदार्थ बरामद भएको हो।

पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।