नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाज १०.५ ओभरको समाप्तिमा दबाबमा देखिएको छ।
ताजा अवस्थामा काठमाडौंले ३ विकेट गुमाएर केवल ८६ रन मात्र जोडेको छ।
हाल ७.९३ को रनरेटमा खेलिरहेको काठमाडौंमाथि आवश्यक रनरेट १५.१६ पुगिसकेको छ। पछिल्लो ५ ओभरमा काठमाडौंले २ विकेट गुमाएर ४० रन मात्र जोड्न सकेको छ।

काठमाडौंका लागि ओपनर तथा विकेटकिपर साहिल पटेलले २३ बलमा ४ चौका र १ छक्कासहित ३४ रन जोडे भने विलियम बोसिस्टोले २२ बलमा ३ चौका र १ छक्काको मद्दतले २६ रन बनाए।
यी दुईले दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे पनि दुवै जना आउट भएपछि काठमाडौं समस्यामा परेको हो।
भीम सार्की ७ बलमा ८ रन बनाएर १.५ ओभरमै आउट भएका थिए। ताजा अवस्थामा सहन अरच्चिगे १ र रशिद खान ६ रनमा अविजित छन् भने कप्तान करण केसीसहित ६ ब्याटर आउन बाँकी छ।
पोखराका बलर दिनेश खरेलले काठमाडौंको इनिङ्समा मुख्य सफलता दिलाउँदै २ ओभरमा केवल ८ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिए। उनले ७.६ ओभरमा साहिल पटेललाई विकेटकिपर अर्जुन कुमालबाट स्टम्पिङ गराए भने ९.१ ओभरमा बोसिस्टोलाई सन्नीबाट क्याचआउट गराए।
यस्तै, विपिन खत्रीले ३ ओभरमा २० रन दिएर भीम सार्कीको १ विकेट लिए। धनञ्जय लक्षणले २ ओभरमा १२, कुशल भुर्तेलले १ ओभरमा १२ र रमेश मेन्डिसले २.५ ओभरमा २८ रन खर्चिए। काठमाडौंले अतिरिक्तका रूपमा ११ रन पाएको छ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले कुशल भुर्तेलको ९९ र युवराज सम्राको ८९ रनको मद्दतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।