समाज

तिहारभर टिपर सञ्चालनमा रोक

बिपी र अरनिको राजमार्गलगायत मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले तिहार पर्वलाई लक्षित गर्दै रोक लगाएको हो । तिहारका बेला सडकमा हुने सवारी चाप तथा सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गरी यात्रुवाहक सवारीसाधनको आवागमन सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार जिल्ला सुरक्षा समितिको २०८३ कात्तिक १९ गते बसेको बैठकको निर्णयअनुसार कात्तिक २२ गते बिहान ५ः०० बजेदेखि कात्तिक २६ गते बेलुका ९ः०० बजेसम्म जिल्लाभित्रका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।