राजनीति

जेन–जी आन्दोलनका मुद्दा टुंग्याउन आयोग गठनको तयारी, अध्यादेश राष्ट्रपति कार्यालयमा

जेन–जी आन्दोलनका घटनाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण र सम्बन्धित मुद्दाको शीघ्र निरूपण गर्न सरकारले तीन सदस्यीय आयोग गठन गर्ने तयारी गरेको छ।

सरकारले यससम्बन्धी अध्यादेश सिफारिस गरेको छ। मन्त्रिपरिषद्को मंसिर ४ गतेको बैठकबाट सिफारिस भएको ‘जेन–जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ अहिले राष्ट्रपति कार्यालयमा पुगेको छ।

अध्यादेश जारी भएपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरी आयोग गठन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। आयोगमा एक अध्यक्ष र दुई सदस्य रहनेछन्। उच्च अदालतको न्यायाधीश भइसकेको वा न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति अध्यक्ष बन्न सक्नेछ। नियुक्त भएको मितिले आयोगको कार्यावधि तीन महिना हुनेछ। तोकिएको अवधिमा काम सम्पन्न नभए सरकारले म्याद थप गर्न सक्ने व्यवस्था पनि अध्यादेशमा छ।

विज्ञापन

आयोगले जेन–जी आन्दोलनसँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दा र प्रहरीमा अनुसन्धान भइरहेका उजुरी संकलन गर्नेछ। त्यसक्रममा घटनामा संलग्न पक्ष तथा भएको क्षतिको थप यकिन गर्ने र आन्दोलनका क्रममा क्षति पुगेका व्यक्ति तथा प्रतिवादीबीच मेलमिलाप गराउने जिम्मेवारी आयोगलाई दिइने प्रस्ताव छ।

तर, गम्भीर अपराधसँग सम्बन्धित मुद्दाको निरूपण गर्ने अधिकार भने आयोगलाई दिइएको छैन।

२०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाको निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र परिपूरणको व्यवस्था गर्नुपर्ने माग आन्दोलनकारीले उठाएका थिए। त्यसैलाई सम्बोधन गर्न २०८२ मंसिर २४ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबीच १० बुँदे सम्झौता भएको थियो।

उक्त सम्झौताको मर्म र भावनाअनुसार आन्दोलनसँग सम्बन्धित मुद्दाको थप छानबिन, पक्षहरूबीच मेलमिलाप तथा पीडितलाई क्षतिपूर्ति र परिपूरणको व्यवस्था गर्न अध्यादेश आवश्यक परेको सरकारको प्रस्तावमा उल्लेख छ।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट सिफारिस भएको अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी भएपछि आयोग गठनको प्रक्रिया अघि बढ्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।