अपराध

जुवाको खालबाट २५ जना पक्राउ

मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णु पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दरबाङ, म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ५७ हजार ४० र चार बुक ताससहित पक्राउ गरेको हो।

धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा तेजकुमारसमेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु तीन लाख ८८ हजार ९७० र १६ थान कौडा हित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।