समाज

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

उनले आज पनि देशका केही स्थानमा आंशिक बदली भए पनि एक–दुई ठाउँमा मात्र छिटपुट वर्षा हुने सम्भावना रहेको र हिजो पनि एक–दुई स्थानमा मात्रै छिटपुट वर्षा भएको बताए।

भोलि छठ पर्वका दिन भने पश्चिमी नेपालका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको उनले बताए। पूर्वी नेपालका केही स्थानमा पनि छिटपुट वर्षा हुन सक्ने उनको पूर्वानुमान छ।

विज्ञापन

पोखरालगायत पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने तथा एकाध स्थानमा असिना पर्ने सम्भावना पनि रहेको छ। यद्यपि असिनाको सम्भावना कम रहेको पोखरेलले बताएका छन्।

उनले छठ पर्वका अवसरमा बाहिर कार्यक्रम आयोजना गर्दा वा यात्रा गर्दा मौसमको अवस्थालाई ध्यान दिन आग्रह समेत गरे।

यसैबीच, बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणालीले नेपालमा वर्षा गराउने सम्भावना अहिलेसम्म निकै कम रहेको उनले बताए। यद्यपि त्यसका लागि अझै एक साताभन्दा बढी समय बाँकी रहेकाले मौसम पूर्वानुमान परिवर्तन हुन सक्ने उनको भनाइ छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।