चीनले पहिलोपटक विदेशी अन्तरिक्ष यात्रीलाई सहभागी गराउँदै शेन्झाउ-२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको जानकारी दिएको छ।
स्थानीय समयअनुसार बुधबार बिहान ८ः१८ बजे लङ मार्च-२एफ वाई२४ रकेटमार्फत उत्तरपश्चिम चीनको गोबी मरुभूमिमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षयान उडाइएको हो।
प्रक्षेपण भएको करिब १० मिनेटपछि अन्तरिक्षयान रकेटबाट अलग भएर निर्धारित कक्षमा प्रवेश गरेको चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले जनाएको छ। एजेन्सीका अनुसार तीनै अन्तरिक्ष यात्रीको अवस्था सामान्य छ।

यस मिसनमा चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो, उडान इन्जिनियर वु यी र पाकिस्तानी अन्तरिक्ष यात्री मोहम्मद जीशान अली सहभागी छन्। अली चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बनेका छन्। मिसनको नेतृत्व ताङले गरेका छन्। उनी यसअघि दुई पटक चीनको अन्तरिक्ष स्टेसन पुगिसकेका छन् भने वु पहिलोपटक अन्तरिक्ष यात्रामा निस्किएका हुन्।
अन्तरिक्षयानले कक्षमा प्रवेश गरेपछि साढे तीन घण्टाभित्र चीनको तियान्हे कोर मोड्युलमा जोडिने तालिका छ। त्यसपछि अन्तरिक्ष स्टेसनमा तीन अन्तरिक्षयान र तीन मोड्युलको संयोजन बन्नेछ।
मिसनका क्रममा अन्तरिक्ष यात्रीले अन्तरिक्ष जीव विज्ञान, मानव अनुसन्धान, सूक्ष्म गुरुत्वाकर्षण भौतिकी र नयाँ अन्तरिक्ष प्रविधिसम्बन्धी विभिन्न वैज्ञानिक प्रयोग गर्नेछन्। तीमध्ये केही प्रयोग अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यमा सञ्चालन हुनेछन्।
पाकिस्तानी अन्तरिक्ष यात्री अलीले चीनमा सात महिनासम्म तालिम लिएका थिए। उनले चिनियाँ भाषामा आफ्ना सहकर्मीसँग कुराकानी गर्न सक्ने गरी तयारी गरेको बताएका छन्। उनले आफू २५ करोड पाकिस्तानीको आशा बोकेर अन्तरिक्ष यात्रामा निस्किएको बताए।
मिसन कमान्डर ताङले यसपटक चीनको अन्तरिक्ष स्टेसनमा अन्तर्राष्ट्रिय सहकर्मीलाई स्वागत गर्न पाउँदा खुसी लागेको सुनाए। उनका अनुसार अन्तरिक्षयान सञ्चालन, आपत्कालीन अवस्थाको सामना र वैज्ञानिक प्रयोगका विषयमा चालक दलले विशेष तालिम लिएको थियो।
चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमअन्तर्गत यो ४१औँ उडान मिसन हो। त्यस्तै, चीनको अन्तरिक्ष स्टेसनको प्रयोग तथा विकास कार्यक्रम सुरु भएयता यो आठौँ मानवयुक्त प्रक्षेपण हो। यसले लङ मार्च रकेट शृङ्खलाको ६८०औँ उडान र शेन्झाउ अन्तरिक्षयानको २४औँ उडानसमेत पूरा गरेको छ।
चीनले यसअघि नै लङ मार्च-२एफ वाई२५ रकेटलाई आपत्कालीन उद्धारका लागि तयारी अवस्थामा राखेको छ। एजेन्सीको सहयोगमा


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।