समाज

चारआली खानेपानीको महसुल घट्यो, मङ्सिरदेखि उपभोक्तालाई राहत

झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आउँदो मङ्सिर महिनादेखि लागू हुने गरी खानेपानीको महसुल घटाएको छ। समितिले विशेषगरी निम्न वर्गीय उपभोक्तालाई राहत दिने उद्देश्यले सबै श्रेणीको महसुल दर घटाएको हो।

मेचीनगर नगरपालिकाको वडा नं ११, १२ र १३ मा सेवा दिँदै आएको संस्थाको नयाँ निर्णयअनुसार अब १० हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्ताले मासिक १७५ रुपैयाँ मात्र तिरे पुग्नेछ। यसअघि यस श्रेणीका ग्राहकले मासिक २०० रुपैयाँ भुक्तानी गर्दै आएका थिए।

शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएकाले विपन्न परिवारको पहुँच सहज बनाउन साधारणसभाबाट महसुल घटाउने प्रस्ताव पारित गरिएको समितिका अध्यक्ष राजन चिमौरियाले बताए।

विज्ञापन

उनका अनुसार १० हजारभन्दा माथि २० हजार लिटरसम्म पानी उपयोग गर्ने उपभोक्ताले अब प्रतिहजार लिटर ३० रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ। यसअघि यो दर प्रतिहजार लिटर ३२ रुपैयाँ रहेको थियो।

त्यस्तै, मासिक २० हजारदेखि ३० हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्ताले यसअघि प्रतिहजार लिटर ४२ रुपैयाँ तिर्दै आएकोमा अब ४० रुपैयाँ मात्र तिर्नुपर्ने भएको छ। ३१ हजार लिटरभन्दा माथि खपत गर्नेको हकमा भने प्रतिहजार लिटर ६५ रुपैयाँबाट घटाएर ६० रुपैयाँ कायम गरिएको छ।

साधारणसभाबाट अनुमोदन भएको यो नयाँ महसुल दर आउँदो मङ्सिरदेखि कार्यान्वयनमा आउने अध्यक्ष चिमौरियाले जानकारी दिए। हाल यस संस्थामा दुई हजार ७०० उपभोक्ता सदस्य आबद्ध छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।