कला तथा मनोरञ्जन

गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता

गान्धी परिवारबारे सामाजिक सञ्जालमा आपत्तिजनक र भड्काउ टिप्पणी गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा) सांसद तथा अभिनेत्री कंगना रनौतमाथि एफआईआर दर्ता भएको छ।

भारत, हिमाचल प्रदेशमा क्याप्टेन अतुल शर्माको उजुरीका आधारमा प्रहरीले भारतीय न्याय संहिता (बीएनएस) का धारा १९६, ३५३ र ३५६ अन्तर्गत मुद्दा दर्ता गरेको हो। शर्माले कंगनाले नोभेम्बर १० मा आफ्नो प्रमाणित सामाजिक सञ्जाल ह्यान्डलबाट गान्धी परिवारलाई लक्षित गर्दै विभिन्न पोस्ट गरेको आरोप लगाएका छन्।

उजुरीमा कंगनाले इन्दिरा गान्धी, सञ्जय गान्धी र पूर्वप्रधानमन्त्री राजीव गान्धीको मृत्युसम्बन्धमा भड्काउ र आधारहीन टिप्पणी गरेको आरोप लगाइएको छ। उनले कांग्रेस नेतृ सोनिया गान्धीलाई ‘रहस्यमय विदेशी नागरिक’ भन्दै टिप्पणी गरेको विषयमा पनि उजुरीकर्ताले आपत्ति जनाएका छन्।

विज्ञापन

उजुरीकर्ता शर्माले यस्ता पोस्टले सामाजिक तथा राजनीतिक वातावरण बिगार्न सक्ने बताएका छन्। उनका अनुसार यस्ता टिप्पणीले विभिन्न समूहबिच वैमनस्य फैलाउन र सार्वजनिक शान्तिमा असर पर्न सक्छ। उनले कंगनाका सामाजिक सञ्जाल पोस्टको साइबर फरेन्सिक जाँच गरी आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्।

उजुरीका आधारमा शिमला प्रहरीले एफआईआर दर्ता गरी घटनाबारे अनुसन्धान सुरु गरेको छ। प्रहरीले सामाजिक सञ्जालमा गरिएका पोस्ट र उजुरीमा लगाइएका आरोपको जाँच गरिरहेको छ। अनुसन्धानपछि मात्रै यस विषयमा थप कानुनी कारबाहीको अवस्था स्पष्ट हुने बताइएको छ।

कंगनाको तर्फबाट भने यस विषयमा हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

छिमेकी

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।