मंगलबार अभिनेत्री गरिमा शर्माले सामाजिक सञ्जालमा चेतावती पूर्ण पोस्ट गरिकी थिइन। जसमा उनले आफूले काम गरेको पारिश्रमिक नपाएको भन्ने गुनासो थियो।
आफ्नो मेहनतको पारिश्रमिक समयमा नपाएको तथा पारिश्रमिक दिने व्यक्ति सम्पर्कविहीन भएकोमा उनी उक्त व्यक्तिमाथि खनिएकी थिइन्। उनले मंगलबार सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘कलाकारको शोषण भन्नाले कलाकारको प्रतिभा, मेहनत, समय, लोकप्रियता र सिर्जनात्मक क्षमताको अनुचित फाइदा उठाउनु हो। सरल भाषामा भन्नुपर्दा, कलाकारले आफ्नो समय, सीप र मेहनत लगानी गर्ने तर त्यसको उचित सम्मान, पारिश्रमिक र अधिकार नपाउनु नै कलाकारको शोषण हो। यो बुझ्नु भयो भने सबैले जिम्मेवारी के के बाँकी छ गरिदिनुहोला, अनि सम्पर्कविहीन भएकाहरू कृपया सम्पर्कमा आइदिनुहोला। अर्को पोस्ट अझै राम्रो आउने छ, तस्बिरसहित।’
यद्यपि उनले सम्बन्धित व्यक्तिको नाम भने उल्लेख गरेकी थिइनन्। हाल यो घटनासम्बन्धी अर्को नयाँ जानकारी सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक पोस्टमै उनले उक्त व्यक्ति सम्पर्कमा आएको बताएकी छन्। उनले सबैलाई धन्यवाद दिँदै लेखिन्, ‘तपाईँहरूको प्रक्रियाको लागि धन्यवाद, अहिले धेरै जना सम्पर्कमा आउनु भएको छ। यो नै यो सामाजिक सञ्जालको शक्ति।’

तर गरिमा शर्माको घटना भने सिनेमा क्षेत्रको लागि नयाँ भने होइन। चलचित्र निर्माण गर्दा होस् वा प्रचार प्रसारका लागि, कलाकारलाई अगाडि सारिन्छ तर जब पारिश्रमिक दिनु पर्ने समयमा सम्पर्कविहीन हुने यो सिने क्षेत्रको लागि घातक हो। यो प्रवृत्ति निरन्तर रहि रह्यो भने सिनेमा क्षेत्रनै कमजोर बनाउने देखिन्छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।