ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा कात्तिक महिनामा ६४ हजार बढीले मन्दिरको दर्शन गरका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ६४ हजार १ सय ६ जनाले मन्दिरको दर्शन गरेका हुन् ।
कात्तिक महिनाको अन्तिम शनिवार पाथीभरामा ११ हजार २ सय ७२ जनाले मन्दिरको दर्शन गरेका थिए । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङवाङका अनुसार एकैदिन यति बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेको तीनबर्ष यताकै यो पहिलो थियो ।

क्षेत्र विकास समितिले कात्तिक महिनामा गणना भएको भेटी रकम भने मंगलवार मात्र सार्वजनिक हुने बताएको छ । क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीले सोमवार सार्वजनिक बिदा भएकोले मंगलवार कात्तिक महिनामा गणना भएको रकम सार्वजनिक हुने जानकारी दिए ।
क्षेत्र विकास समितिले मासिक रुपमा मन्दिरमा गएका दर्शनार्थी तथा गणना भएको रकमको विवरण सार्वजनिक गर्दै आइरहेको छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।