समाज

कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले आजदेखि शनिबारसम्म देशका पहाडी भेगमा आंशिक बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

उनका अनुसार अपराह्नमा बादल लाग्ने र पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। आइतबार भने नेपालको पश्चिमी आधा भागका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ।

यसैबीच, बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणाली नेपालतर्फ आउने सम्भावना तत्कालका लागि कम देखिएको पोखरेलले बताएका छन्। यद्यपि, उक्त प्रणालीको विकास र मार्गबारे अझै करिब एक हप्ता बाँकी रहेकाले पूर्वानुमान परिवर्तन हुन सक्ने उनको भनाइ छ।

विज्ञापन

उनले मौसमसम्बन्धी नियमित अपडेट हेर्न पनि आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।