नेकपा एमालेका नेता विष्णु रिजालले एमालेले चुनाव हारे पनि राजनीति नहारेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत रिजालले एमाले लडेको तर समाप्त नभएको जिकिर गर्दै यस्तो बताएका हुन्।
‘एमाले लडेको हो, सकिएको होइन। हामीले चुनाव हारेका हौं, राजनीति हारेका होइनौं,’ उनले भनेका छन्, ‘हामीले निर्माण गरेको संविधान छ, हामीले स्थापित गरेको व्यवस्था छ। त्यसैले खरानीबाट फिनिक्स चरा पुनर्जीवित भएझैं एउटा चुनाव हारेको एमालेले पुनर्जीवन प्राप्त गर्न सक्छ।’

उनले चुनावी पराजयपछि एमालेले कठोर आत्मसमीक्षा र साधनाको बाटो रोज्नुपर्ने बताएका छन्।
चुच्चो र प्वाँख खिइएपछि चट्टानमा घोटेर आफूलाई नयाँ उडानका लागि तयार पार्ने बाजको उदाहरण दिँदै उनले एमालेको पंक्तिले पनि आफूलाई नयाँ उडानका लागि तयार पार्नुपर्ने उल्लेख गरेका छन्।
‘हामी फेरि नयाँ ऊर्जा र आत्मविश्वासका साथ नयाँ उचाइको उडान भर्न सक्छौं,’ उनले भनेका छन्, ‘संकल्प गरौं- सम्भव छ!’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।