खेलकुद

एनपीएलः चितवनलाई कर्णालीले दियो १५४ रनको लक्ष्य, लगातार तेस्रो खेलमा मिलर सस्तैमा आउट

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल तयार पारेको हो।

कर्णालीका लागि हुसैन तलतले नटआउट ५१ रनको योगदान गरे। मात्र ३३ बल खेलेका उनले ३ छक्का र २ चौका प्रहार गरे। अरिफुल इस्लाम ३५, गुल्शन झा १८ र पवन सर्राफ १५ रनमा आउट भए।

लगातार तेस्रो खेलमा डेभिड मिलर चलेनन्। एनपीएलको आफ्नो डेब्यु खेलमा भने मिलरले सुदूरपश्चिम रोएल्सविरुद्ध ५५ बलमा नटआउट ९३ रन बनाएका थिए। पोखरा एभेन्जर्ससँगको खेलमा मात्र ७ रन बनाएका उनी कप्तानको जिम्मेवारी पाएपछि लुम्बनी लायन्ससँगको खेलमा ५ रनमै पवेलियन फर्के। आइतबार पनि उनी चितवनसँग समान ५ रनमा उस्मान मिरको बलमा कुशल मल्लबाट क्याच आउट भए।

विज्ञापन

चितवनका लागि कमल ऐरी, सलाहुद्दिन खान र उस्मान मिरले समान २ तथा रिजन ढकाल र सिकन्दर राजाले समान एक विकेट लिए।

चितवन यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ भने कर्णाली बाहिरिएको छ। आजको जितले चितवनलाई भने तेस्रो स्थानमा रहँदै प्लेअफ पुग्ने सम्भावना कायम रहनेछ । तर यसका लागि आजै हुने लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाज पोखरा एभेन्जर्ससँग पराजित हुनुपर्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।