खेलकुद

एनपिएल : चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई फाइनल प्रवेशको लागि १३४ रनको लक्ष्य लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १३३ रन जोड्यो।

चितवनको लागि डेविड मलानले अविजित ७१ रन बनाए। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे।

विज्ञापन

यस्तै, सलाउद्दिन खान १८ रन जोड्दा कमल सिंह ऐरीले १० रन बनाए। यी बाहेक चितवनका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

ओपनर कमिलश मिशारा ४, देव खनाल ६, रिजन ढकाल ४, विवेक यादव ३, उसामा मिर २ र कप्तान रवि बोपारा र कुशल मल्ल समान १ रनमा आउट भए।

बलिङतर्फ सुदूरपश्चिमका लागि स्कट कुगुलेइनले सर्वाधिक ३ विकेट लिए। यस्तै, थरिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले १/१ विकेट लिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।