बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासहित तीनजनालाई काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
सापकोटा १४ असोजमा पक्राउ परेका थिए। उनीसँग सम्पर्क सम्बन्ध देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए। प्रहरीले उनीहरू तीनैजनामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्दै आएको छ।
अदालतबाट म्याद थप भएकामध्ये श्रेष्ठ नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।