राजनीति

अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोरको सकुशल उद्धार

अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित घना जंगलमा ६ दिनदेखि बेपत्ता रहेका १७ वर्षीय किशोर जीवितै फेला परेका छन्। लामो खोजी अभियानपछि बिहीबार बिहान उनलाई सकुशल उद्धार गरिएको हो।

विलियम नाम गरेका ती किशोर गत शुक्रबार एक साथीसँग क्याम्पिङका लागि मेलबर्नबाट करिब १८० किलोमिटर पूर्वमा रहेको जंगल क्षेत्रमा गएका बेला सम्पर्कविहीन भएका थिए।

रातको अत्यधिक चिसो तापक्रमका कारण उनको सुरक्षालाई लिएर प्रहरी तथा उद्धार टोली चिन्तित बनेका थिए। खोजी अभियानमा प्रहरीका तालिमप्राप्त कुकुर, गोताखोर र हेलिकप्टरसमेत परिचालन गरिएको थियो।

विज्ञापन

लामो खोजीपछि फेला परेका विलियमलाई उद्धारकर्मीले विशेष उपकरणको सहायताले सुरक्षित स्थानमा ल्याएका थिए। उद्धारपछि उनलाई डोनट र पानी दिइएको थियो भने स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो।

उनकी आमा एलिजाबेथ बार्कलीका अनुसार विलियमको शरीरमा केही सामान्य कोतारिएका दागबाहेक कुनै गम्भीर चोटपटक छैन। उनको स्वास्थ्य अवस्था सामान्य र राम्रो रहेको उनले बताइन्।

‘ऊ एउटा स्थानमा बसेर उद्धार टोलीको प्रतीक्षा गरिरहेको रहेछ। छोरा जीवितै भेटिएकोमा म अत्यन्तै खुसी छु,’ आमाले सञ्चारकर्मीसँग भनिन्।

उनले ठट्टा गर्दै अब छोरालाई जीवनभर घरबाहिर जान नदिने बताएकी छन्।

भिक्टोरिया प्रहरीका कार्यवाहक निरीक्षक जेसन बेन्बोले किशोरलाई जीवितै फेला पार्दा प्रहरी अधिकारीहरू भावुक बनेको बताए। उनले विलियमले जंगलमा बिताएका दिनहरूको अनुभवबारे चाँडै जानकारी दिने अपेक्षा गरिएको पनि उल्लेख गरे।

६ दिनसम्म जंगलमा बेपत्ता रहेका किशोर सकुशल भेटिएपछि उनको परिवार र उद्धार अभियानमा संलग्न टोलीले राहत महसुस गरेका छन्।

बीबीसी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।