समाज

अटो र स्कुटर ठोक्किँदा बालकसहित ७ जना घाइते, दुईको अवस्था गम्भीर

कञ्चनपुरको बेलडाँडीमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा ६ वर्षीय बालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

प्रहरीका अनुसार बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट करिब एक किलोमिटर टाढा शुक्लाफाँटा आरक्षको जंगल क्षेत्रमा पर्ने सडकखण्डमा बुधबार दुर्घटना भएको हो।

दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सुपप्र ०२-००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भिनपा ००१ ह ५२२ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए।

विज्ञापन

दुर्घटनामा स्कुटर चालक बेलडाँडी गाउँपालिका-२ का ४० वर्षीय दिनेश खाती र उनका ६ वर्षीय छोरा अर्थक खाती घाइते भएका छन्। दिनेशको अवस्था सामान्य रहे पनि उनका छोराको अवस्था गम्भीर छ। बालकलाई थप उपचारका लागि धनगढीस्थित निशर्ग अस्पताल पठाइएको छ।

त्यस्तै, अटो चालक बेलडाँडी गाउँपालिका-१ सिद्धचोकका ४५ वर्षीय ललित सिंह ठकुराठी पनि गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको छ।

दुर्घटनामा अटो चालकका १८ वर्षीय छोरा हिक्मत ठकुराठी, ३६ वर्षीया सुशिला ठकुराठी, उनकी १५ वर्षीया छोरी आशिका ठकुराठी र २५ वर्षीया शोभा डाँगा पनि घाइते भएका छन्। उनीहरूमध्ये हिक्मत र आशिकाको अवस्था मध्यम रहेको छ। दुवैलाई थप उपचारका लागि मायामेट्रो अस्पताल पठाइएको छ। सुशिला र शोभाको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी निरीक्षक जय पार्कीको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो।

दुर्घटनामा संलग्न अटो र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।