नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राको सम्पूर्ण साइत सार्वजनिक गर्दै भाद्रपद शुक्ल द्वितीयाबाट सुरु हुने परम्पराअनुसार भदौ आज २८ गते आइतबार वनयात्रा र रुख कटान गरी इन्द्रजात्राको विधिवत् प्रक्रिया सुरु भएको थियो।


इन्द्रजात्राको लिङ्गोका लागि भक्तपुरको चित्तपोलस्थित वनबाट रुख काटेर तयार पारिएको लिङ्गोलाई असोज ३ गते शनिबार बिहान ८ः०५ बजे नगर प्रवेश गराई आज असोज ७ गते बुधबार बिहान ७ः४७ बजे हनुमानढोकामा विधिवत् रूपमा इन्द्रध्वजोत्थान गरिएको छ।

आजबाट विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ।





प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।