समाज

स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको १६ लाख छ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५० युआनसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कोदारीस्थित इलाका प्रहरी कार्यालय कोदारीबाट परिचालन भएको प्रहरी टोलीले काठमाडौँतर्फ आउँदै गरेको बिएसी ५२९३ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो।

यसैबीच, वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फच्र्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेलेखेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको छ।

विज्ञापन

त्यसैगरी, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलकप्रसाद भट्ट, वीरगञ्ज महानगरपालिकाका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दीपकराज पराजुलीसहित उनीहरूलाई पक्राउ गरिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।