रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ। नदीको दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्रयाक निर्माण अघि बढाइएको हो।
स्याफ्रुबेसीमा करिब ७६ मिटर लामो बेलिब्रिज निर्माण गर्ने तयारीअनुसार एक्सेस रोड निर्माणको काम भइरहेको छ। पुल जडानका लागि आवश्यक करिब १४ मिटरको फाउन्डेसन निर्माण गर्न दुई वटा स्काभेटरमार्फत जग खन्ने काम भइरहेको छ।
वेत्रावतीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेपछि स्याफ्रुबेसीमा पनि निर्माणलाई तीव्रता दिइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि रसुवागढीसम्मको सडक सञ्जाल पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ। पुल निर्माणसँगै अवरुद्ध सडक सम्पर्क पुनःस्थापित हुने र आवागमन सहज हुने मन्त्रालयको भनाइ छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।