ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

सरकारले लुटतन्त्र ब्युँताउन खोज्यो : पूर्वमन्त्री भण्डारी

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारले यातायात कार्यालयमा लुटतन्त्र ब्युँताउन खोजेको आरोप लगाएका छन्।

बिहीबारको प्रदेशसभा बैठकमा पूर्वमन्त्री भण्डारीले यस्तो आरोप लगाएका हुन्।

भण्डारीले यातायात कार्यालयहरूमा विगतमा डाक्टरहरूले सेवाग्राहीलाई आँखा जाँचका नाममा फेल पारेर बिचौलिया मार्फत पैसा असुल्दै पास गर्ने प्रवृत्ति पुनः भित्राउन खोजेको आरोप लगाएका हुन्।

विज्ञापन

सरकारले पुरानै लुटतन्त्र ब्युँताउन खोजेको आरोप लगाउँदै भने,‘कि त अहिलेको व्यवस्था ठिक भएन भन्नुपर्‍यो हैन भने कि त पुरानै लुटतन्त्र ब्युँताउन खोजिएको स्पष्ट पार्नुपर्‍यो।’

भण्डारीले विगतमा डाक्टरहरूले निःशुल्क सेवा दिने भन्दै निवेदन हाल्ने र सेवा दिने बेलामा सेवाग्राहीहरूलाई दुःख दिएर एक हजार रुपैयाँ देखि ३ हजार रुपैयाँसम्म लुट्ने गरेको बताए।

यातायात कार्यालयमा स्वास्थ्य जाँचका नाममा भइरहेको लुटतन्त्र अन्त्य गर्न सरकारी डाक्टरबाटै आँखा जाँचको व्यवस्था गरिएको दाबी गर्दै सरकारले अहिले पुनः पुरानै व्यवस्था लागू गर्न खोजेको प्रति आपत्ति समेत जनाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।