राजनीति

विदेशी ऋण लिनु हुँदैन भन्ने रास्वपाको भ्रम तोडियो : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको बताएका छन्।

प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई रुटसम्बन्धी सहमति हुनु सकारात्मक भए पनि नेपालको सीमा समस्या, सन् १९५० को सन्धि पुनरावलोकन, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायत विषयमा छलफल हुन नसकेको टिप्पणी गरे।

उनले विगतमा विदेशी ऋण लिनु हुँदैन भन्ने मान्यता राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले अहिले भारतबाट प्राप्त ऋणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नुले उसको पुरानो मान्यतामा परिवर्तन आएको देखिएको बताए।

विज्ञापन

महासचिव पोखरेलले विदेशी ऋण नेपालको विकासका लागि आवश्यक रहेको कुरा अहिलेको सरकारले समेत स्वीकार गरेको बताए।

उनले भने, ‘विगतमा लोकतन्त्रका लागि लडेका दललाई जुन आक्षेप लगाइएको थियो, त्यो कति मिथ्या रहेछ भन्ने कुराको पुष्टि भएको छ। विदेशीको ऋण लिनुपर्ने रहेछ भन्ने कुरा स्वयं प्रधानमन्त्रीले स्वीकार गर्नुभएछ र भारतबाट प्राप्त ऋणलाई प्रमुख उपलब्धि भन्दै गर्व गर्नुभएको छ।’

भारतको एक्जिम बैङ्कबाट प्राप्त ऋण कार्यान्वयनमा देखिएका जटिलता र त्यसबाट सडक निर्माणमा भइरहेको ढिलाइले ऋण परिचालनको व्यवहारिक कठिनाइसमेत पुष्टि गरेको उनको भनाइ थियो।

‘जे होस्, नचाहिँदो भ्रमबाट रास्वपा मुक्त भएको छ। उसले नेपालको विकासका लागि ऋण आवश्यक छ भन्ने कुरा बुझेछ,’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।