शिक्षा

मुस्ताङको जनवाल माविमा तीन भवन निर्माण हुँदै, ८० प्रतिशत लागत भारतीय दूतावासको

मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फास्थित जनवाल माध्यमिक विद्यालयका तीन वटा भवनको शिलान्यास गरिएको छ।

भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले ती भवनको शिलान्यास गरेका हुन्।

भारत-नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतीय राजदूतावासको ८० प्रतिशत र घरपझोङ गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमा विद्यालयको प्रशासनिक भवन तथा शिक्षक र विद्यार्थीका लागि छात्रावास निर्माण हुन लागेको हो।

विज्ञापन

कुल १४ करोड ५९ लाख रुपैयाँ अनुमानित लागत रहेको परियोजनाअन्तर्गत ११ करोड ४५ लाख रुपैयाँमा अमित बिल्डर्सले निर्माणको ठेक्का पाएको छ। निर्माण कार्य डेढ वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर जीवनसिंह भण्डारीले जानकारी दिए।

परियोजनाअन्तर्गत विद्यालयमा तीनतले शिक्षक आवासीय भवनमा ४५ कोठा, दुईतले विद्यार्थी छात्रावासमा १२ कोठा र दुईतले प्रशासनिक भवनमा १५ कोठा निर्माण गरिनेछ।

विभिन्न जिल्लाका कठिन परिस्थितिका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा आवास तथा आवश्यक भौतिक पूर्वाधारको अभावले पठनपाठनमा समस्या हुँदै आएको थियो।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सकबहादुर लालचन सहभागी थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

शिक्षा बाट थप

थप — शिक्षा

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।